क्रिकेट

आयरल्यान्ड उल्भ्सले नेपाललाई दियो १२२ रनको लक्ष्य

इकागज |
चैत १२, २०८० सोमबार १४:४१ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सले नेपालविरुद्धको दुई खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाललाई १ सय २२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनाएको हो ।


आयरल्यान्ड उल्भ्सका लागि स्टेफेन डोहनीले ४६ रन बनाए ।

नेपालका लागि ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले २-२ तथा कुशल मल्ल र करण केसीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x