क्रिकेट

तेस्रो खेलमा पनि हार्‍यो मुम्बई इण्डियन्स

इकागज |
चैत २०, २०८० मंगलबार ६:२९ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १२६ रनको लक्ष्य पछाएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र बनाएको थियो ।


यो यस सिजनमा मुम्बई इण्डियन्सको लगातार तेस्रो हार हो । त्यस्तै राजस्थान रोयल्सले भने यस सिजनमा लगातार तेस्रो जित हासिल गरेको छ । ३ खेलमा ६ अंक हासिल गरेको राजस्थान अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।


Author

थप समाचार
x