क्रिकेट

गुजरातलाई हराउँदै नेपालले जित्यो एसएमएस फ्रेन्डशिप कपको उपाधि

इकागज |
चैत २५, २०८० आइतबार १७:३ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरातस्थित वापीमा सम्पन्न एसएमएस फ्रेन्डशिप कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा गुजरात क्रिकेट एसोसियसनलाई १८ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।


जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर रन बनाउन सक्यो ।

गुजरातका लागि कप्तान उमंग रोहित कुमारले सर्वाधिक ४० रन बनाए भने आर्य देसाईले ३६ रन जोडे ।

नेपालका लागि अविनाश बोहराले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । करण केसी र कुशल मल्लले समान १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्काको मदतमा सर्वाधिक ७४ रन बनाए ।

ओपनर कुशल भुर्तेलले १९ रन, आशिफ शेखले ३४ रन तथा कुशल मल्लले ३१ रन बनाए ।

गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान १-१ विकेट लिए ।


Author

थप समाचार
x