क्रिकेट

विश्वकपअघि वेस्ट इण्डिज 'ए' टिम नेपाल आउँदै, पाँच टी-२० खेल्ने

इकागज |
चैत २७, २०८० मंगलबार ७:२९ बजे

काठमाडौँ- वेस्ट इण्डिज 'ए' टिम नेपाल टुरमा आउने भएको छ । आइसिसी टी-२० विश्वकप २०२४ अघि नेपालले वेस्ट इन्डिजको 'ए' क्रिकेट टिमसँग सिरिज खेल्ने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार वेस्ट इण्डिज 'ए' टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पाँच टी-२० खेल्ने छ ।


यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्नेछ ।

हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारीमा रहेको छ ।


Author

थप समाचार
x