क्रिकेट

आईपीएलः पञ्जाब र हैदराबाद भिड्दै

इकागज |
चैत २७, २०८० मंगलबार १३:२७ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति पञ्जाब किंग्सले सनराइजर्स हैदराबादको सामना गर्ने भएको छ ।

पञ्जाब र हैदराबादबीचको खेल चन्डीगढस्थित महाराजा यादाभिन्द्रा सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


जारी आईपीएलमा पञ्जाब र हैदराबादको समान यो पाँचौँ खेल हो । दुवै टिमले अघिल्ला चारमध्ये दुई खेलमा मात्र जित हात पारेका छन् ।

तर नेट रनरेटका आधारमा भने हैदराबाद पाँचौँ स्थानमा तथा पञ्जाब छैटौं स्थानमा रहेका छन् ।


Author

थप समाचार
x