क्रिकेट

शिखर धवन कम्तीमा सात दिन मैदानबाहिर रहने

इकागज |
बैशाख २, २०८१ आइतबार १२:५४ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब पञ्जाब किंग्सका कप्तान शिखर धवन कम्तीमा पनि ७ दिन मैदानबाहिरै रहने भएका छन् ।

पाखुरामा चोट लागेका कारण धवन कम्तीमा पनि ७ दिन मैदानबाहिर रहने पञ्जाब किंग्सका प्रशिक्षक सञ्जय बांगरले पुष्टि गरेका क्रिकइन्फोले जनाएको हो ।


बांगरका अनुसार धवन ७ दिन वा सोभन्दा बढी समय मैदान बाहिर रहने सक्ने सम्भावना रहेको छ ।

राजस्थान रोयल्सविरुद्धको खेलका क्रममा धवनको स्थानमा साम कुरानले पञ्जाब किंग्सको कप्तानी गरेका थिए ।

धवनले अप्रिल १८ मा हुने मुम्बई इन्डियन्स तथा अप्रिल २१ मा हुने गुजरात टाइटन्सविरुद्धको खेल गुमाउने निश्चित भएको छ ।


Author

थप समाचार
x