क्रिकेट

एसीसी प्रिमियर कपः कतारको सेमिफाइनल पुग्ने सम्भावना कायमै

इकागज |
बैशाख ४, २०८१ मंगलबार १५:५६ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत कतारले साउदी अरेबियामाथि जित हात पारेको छ ।

मंगलबार भएको समूह 'ए' अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो । यससँगै कतारले सेमिफाइनल पुग्ने सम्भावना पनि कायमै राखेको छ ।


कतारले ४ मध्ये २ खेलमा जित हात पार्दै ४ अंक जोडेको छ । सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालको ३ खेलमा ६ अंक छ ।

यता समान ३-३ खेल खेलेका साउदी अरेबिया, मलेसिया र हङकङको समान २-२ अंक छ । बुधबार हुने खेलमा हङकङले मलेसिया तथा नेपालले साउदी अरेबियाको सामना गर्ने तालिका रहेको छ । ती दुई खेलको नतिजाले समूह 'ए' बाट अन्तिम ४ मा प्रवेश गर्ने बाँकी एक टिमको टुंगो लाग्नेछ ।

मंगलबारको खेलमा १ सय ५४ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनमात्र बनाउन सक्यो ।

त्यसअघि कतारले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो ।


Author

थप समाचार
x