कूटनीति

परराष्ट्र सचिव पौड्याल भारत जाँदै

इकागज |
भदौ २४, २०७९ शुक्रबार १७:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- परराष्ट्र सचिव भरत राज पौड्यालले भारतको भ्रमण गर्ने भएका छन् । 

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सचिव पौड्यालले भदौ २८ देखि २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने जनाएको हो । 


भारतका विदेश सचिव विनय मोहन क्वात्राको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन् । 

भ्रमणका बेला परराष्ट्र सचिव पौड्यालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–भारत सहयोग लगायतका विषयमा छलफल हुने जनाइएको छ ।


Author

थप समाचार
x