कूटनीति

नयाँ सरकारलाई बधाई दिँदै अमेरिकाले भन्यो : नेपाललाई सहयोग गर्न सधैं तत्पर

इकागज |
पुस १२, २०७९ मंगलबार १७:३६ बजे

फाइल तस्वीर

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले दाहाललाई बधाई दिएको हो।

विज्ञप्तिमा भनिएको छ - 'नेपाल – नेपालको सङ्घीय निर्वाचनमा विजय हासिल गरेकामा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको गठबन्धनलाई संयुक्त राज्य अमेरिका बधाई ज्ञापन गर्दछ ।


उनको गठबन्धनलाई संयुक्त राज्य अमेरिका बधाई ज्ञापन गर्दछ । नेपालसँग बलियो र चिरस्थायी सम्बन्ध रहिआएकोबारे हामीलाई गर्व छ र हामी दिगो आर्थिक वृद्धि हासिल गर्ने र लोकतन्त्र तथा मानव अधिकारको सुदृढीकरण गर्ने जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूको प्रवर्द्धनमा नेपाल सरकारसँगै उभिन जारी राख्‍नेछौँ ।

लोकतन्त्रप्रति नेपालको प्रतिबद्धता विश्‍वभरका मुलुकहरूका निम्ति उदाहरणीय छ र हामी यससँग सम्बद्ध सबैको प्रशंसा गर्दछौँ । नेपालले आफ्ना लोकतान्त्रिक परम्पराहरूलाई गहिराइ प्रदान गर्न जारी राख्दै गर्दा नेपाललाई मद्दत गर्न हामी तत्पर छौँ ।'


Author

थप समाचार
x