कूटनीति

चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै, सरला भेटघाटको तालिका मिलाउँदै

इकागज |
साउन ६, २०८० शनिबार १८:१८ बजे

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एक पछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौँमा  ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । 

च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकी छिन् । चिनियाँ विदेश विभागकी कुटनीतिज्ञले आफ्नो नेपाली नाम सरला राखेकी छिन् ।


शनिबार नेपाल आइपुगेकी सरलाले च्याको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी छिन् । च्याले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ । 

नेपाल–चीन सम्बन्धमा यो भ्रमणले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ । 
नेपालमा भारत र अमेरिकी नेताहरूको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँ नेताहरूको नेपाल आउने क्रम पनि बढेको छ ।


Author

थप समाचार
x