कूटनीति

सभामुख घिमिरेसँग अमेरिकी सिनेटर होलेनको शिष्टाचार भेट

इकागज |
भदौ १७, २०८० आइतबार १८:० बजे

काठमाडौँ- सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको थियो । भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दाैंत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर रहेको बताए ।


उच्चस्तरीय भेटघाटको आदान प्रदानले दुई देशबीचको सम्बन्ध र बुझाइलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।


Author

थप समाचार
x