कूटनीति

जाजरकाेट भूकम्प

भारतद्वारा दोस्रो खेपको राहत सामग्री हस्तान्तरण

इकागज |
कात्तिक २०, २०८० सोमबार २१:५४ बजे

काठमाडौँ- भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि आपत्कालीन राहत सहयोग सामग्रीको दोस्रो खेप आज हस्तान्तरण गरेको छ ।

भारत सरकारका तर्फबाट यहाँस्थित राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका प्रमुख प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।


अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लिपिङ ब्याग र कम्बलसहितको नौ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी-१३० ले नेपालगञ्ज ल्याइपुर्याएको थियो ।

यी राहत सामग्रीको हस्तान्तरण यही कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साका रूपमा रहेको छ ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, अत्यावश्यक औषधि र चिकित्सा उपकरणसहितको ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई हिजो कात्तिक १९ गते हस्तान्तरण गरेको थियो । रासस


Author

थप समाचार
x