कूटनीति

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फर्किए

इकागज |
पुस २०, २०८० शुक्रबार १३:२५ बजे

काठमाडौं - नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। बिहीबार काठमाडौं आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरूसहित विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए भने विभिन्न बैठकमा सहभागी भए । 


स्वदेश फर्किनुअघि शुक्रबार बिहान उनले पशुपतिनाथको दर्शन गरेका थिए।


Author

थप समाचार
x