कूटनीति

कोभिड–१९ नियन्त्रण, उपचारमा पाकिस्तानको ४ करोड ३० लाख सहयोग

इकागज |
असार १५, २०७८ मंगलबार १६:५३ बजे

काठमाडौँ : नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहले प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालसँग भेटघाट गरेका छन् । उक्त भेटघाटका क्रममा पाकिस्तानी राजदूत शाहले कोभिड नियन्त्रण तथा उपचारका लागि पाकिस्तान सरकारबाट उपलब्ध गराइएको ४ करोड ३० लाख रुपैयाँको चेक सचिव बराललाई हस्तान्तरण गरेका थिए ।

यो वित्तीय सहयोग सार्क देशहरूले प्रतिवद्धता गरेको कोभिड–१९ आपतकालीन कोषको अंश भएको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ । 
 



Author

थप समाचार
x