कूटनीति

'ट्र्याक टू' कूटनीति अघि बढाउँदै नेपाल र इजरायलका पूर्वराजदूतहरू

इकागज |
असोज १४, २०७८ बिहीबार २२:१ बजे

काठमाडौँ - विभिन्न मुलुकमा बसेर काम गरिसकेका पूर्वनेपाली राजदूतहरूको समूह (आफ्ना) र इजरायलका राजदूत क्लव (एसीआई)बीच सहकार्य गर्ने सम्झौता भएको छ । राजदूत भएर फर्केकाहरूको समूह सक्रिय हुँदै ‘ट्रयाक टू’ मार्फत दुई पक्षीय सम्बन्ध बलियो बनाउने प्रयास अनुरुप यो पहिलो खुड्कीला सुरु गरिएको आफ्नाले जानकारी दिएको छ । 

पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको नेतृत्वमा ४० भन्दा बढी अन्य पूर्वराजदूतहरू अध्ययन अनुसन्धानमा आधारित काम गर्ने र सहकार्यको ढोका अझ बलियो बनाउने भन्दै लागि परेका छन् । उनीहरुले नेपाल सरकारलाई सहयोग हुने गरी सल्लाह सुझाव दिनुको साथै बाहिर रहेका राजदूतहरूको क्लवसँग पनि सहकार्य गर्दै ‘ट्र्याक टू डिप्लोमेसी’लाई सक्रिय बनाउने सोच अन्तर्गत यो सम्झौता गरेको आफ्नाका सचिव लक्की शेपाले बताइन् ।


‘हामी सबै जसो मुलुकसँग यस प्रकारको सहकार्य गर्दै जानेछौँ । यसलाई मुलुककै मुख्य थिंक ट्याकंको रूपमा विकास गर्नेछौं,’ पूर्व राजदूत शेर्पाले भनिन्, ‘यहाँ रहेर काम गर्दा हामी कुनै पदको लाभ भन्दा पनि त्यो पदमा जानेलाई र सरकारलाई सुझाव दिन यस प्रकारको सहकार्यमा लागेका हौं । बाहिरको अनुभवलाई यहाँ प्रस्तुत गर्नेछौं । हरेक महिना एक/दुई कार्यक्रम गर्नेछौ । सोधमुलुक पनि यस प्रकारको सहकार्य अधिक मुलुकसँग हुनेछ ।’ 

इजारायलबाट उनीहरूले यस्तो सहकार्य थालेका हुन् । इजारालयमा रहेका राजदूत क्लवसँग उनीहरुले सहकार्य गर्ने भन्दै चार बुँदे सम्झौंतासमेत गरेका छन् । आफ्नाको तर्फबाट डा. सिम्खडा र इजरायली एम्बास्डर्स क्लवबाट इत्झक एल्डनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुवैको अनुभव आदान प्रदान गर्ने, प्रकाशनहरू एक अर्कामा अदानप्रदान गर्ने, एक अर्का मुुलुकमा पुगेर व्याख्यान दिने, अधिक सम्पर्क बढाउने, सरकारी संयन्त्रलाई सहयोग हुने सुझावहरू उपलब्ध गराउने जस्ता विषय छन् ।

उनीहरुले नेपाल इजरायल सम्बन्ध र पछिल्लो विश्वको बारेमा समेत भर्चुअल छफल गरेका थिए । छलफलमा इजारायलका लागि नेपाली राजदूत अन्जान शाक्य (फिर्ता बोलाइएकी) र नेपालमा लागि इजरायलका राजदूत हनान गोडेर पनि सहभागी थिए । छलफलमा सरकारी संयन्त्रमा बसेर लामो समय काम गरिसकेका अनुभवीहरू नै ट्रयाक टूबाट काम गर्दा सरकारलाई सहज हुने र सम्वन्ध थप बलियो र मजबुध हुने विश्वास व्यक्त भएको थियो । 

आफ्नाका अध्यक्ष एवं पूर्वराजदूत सिम्खडाले नेपाल इजारयल सम्बन्ध बीपी कोइराललो जोड्दाको समयबारे प्रष्ट पारेका थिए । त्यस्तै नेपालका पूर्वराजदूतहरुसँग जोडिन पाउँदा इजरायलीले पनि खुसी व्यक्त गरेका थिए । छलफलमा आफ्नाका पूर्वराजदुतहरू प्रा डा. विश्वम्भर प्याकुरेल, डा. अर्जुन कार्की, रमेश कोइराला, भिम उदास, लक्कि शेर्पा, चोपलाल भुसाल, युग लम्साल लगायतको उपस्थिति रहेको थियो । 
 


Author

थप समाचार
x