कूटनीति

एमसीसी सम्झौता अनुमोदन गर्न सत्ता गठबन्धनमा सहमति

पुष्पराज आचार्य |
माघ १६, २०७८ आइतबार १९:४२ बजे

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठकमा अमेरिकासँगको एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता संसदबाट पारित गर्ने सहमति भएको छ । 

शनिबारको सत्ता गठबन्धनको बैठकमा सत्ता सञ्चालनका लागि गठित संयन्त्रका संयोजक, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी सम्झौता अनुमोदन गरेर जानुपर्ने प्रस्ताव गरेका थिए । 


‘सत्ता गठबन्धनमा सहभागी कुनै पनि दलको यसमा विमति छैन,’ नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले इकागजसँग भने, ‘हामी केही दिन पार्टीमा छलफल गर्छौं भन्नुभएको छ ।’ 

गठबन्धनमा विमति नभएकाले यो सम्झौता अनुमोदन गरेर अघि बढ्ने पौडेलले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौतालाई अब धेरै तन्काएर राख्न नसकिने भन्दै अनुमोदन गरेर जान र गठबन्धनको निरन्तरताका लागि यस्ता मुद्दामा साझा धारणा बनाएर जान आग्रह गरेका थिए । 

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले २०७४ सालमा अमेरिकी सहायता निकाय एमसीसीसँग सम्झौता गरेको थियो । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x