शिक्षा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट

इकागज |
साउन ११, २०७९ बुधबार १६:६ बजे

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेकाे छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले आज (बुधबार) सार्वजनिक गरेको हो ।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।


यसरी हेर्न सकिन्छ एसईईको नतिजा
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । रिजल्ट प्रकाशित भएपछि एसएमएसबाट ३५००१, ३४९४९, ३१००३ र एसएमएस-आइभीआरबाट १६०० मा म्यासेज गरेर रिजल्ट हेर्न सकिन्छ ।

त्यस्तै www.see.gov.np, www.neb.gov.np, www.khalti.com, www.neemaacademy.com, www.theconnectplus.com, www.see.ntc.np, www.admissionnepal.com र www.ekantipur.com वेभसाइटबाट रिजल्ट प्रकाशित भएपछि हेर्न सकिने बताइएको छ ।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।


Author

थप समाचार
x