शिक्षा

त्रिविको दीक्षान्त पुस २ गते, छात्रा र छात्रले कस्तो ड्रेसअप गर्ने ?

इकागज |
मंसिर ११, २०८० सोमबार १०:३७ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते हुने भएको छ । पुस २ गते राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तय भएको विश्वविद्यालयले जनाएको छ ।

विद्यार्थीहरूले आआफ्नो गाउन, स्कार्फ, टोपी पहिरी आउनुपर्ने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ । विश्वविद्यालयका अनुसार बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट एरेजमेन्टअनुसार बस्नुपर्नेछ ।


विद्यार्थीलाई गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते हुने सूचनामा उल्लेख छ । छात्रहरूले पोशाकमा कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपी र छात्राहरूले औपचारिक पोशाक वा साडी,   ब्लाउजमा र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी अनिवार्य लगाउने सूचनामा भनिएको छ ।


Author

थप समाचार
x