शिक्षा

त्रिभुवन विश्वविद्यालयको स्नातक तह दोस्रो वर्षको परीक्षा तालिकामा त्रुटि

क्यालेन्डरमै नभएको मिति चैत ३१ गते परीक्षा

इकागज |
चैत २, २०८० शुक्रबार २१:२५ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले निकालेको स्नातक तह दोस्रो वर्षको परीक्षा तालिकामा त्रुटि भेटिएको छ । शुक्रबार साँझ सार्वजनिक भएको बीबीएस दोस्रो वर्षको 'म्याक्रोइकोनोमिक्स फर बिजिनेस' विषयको परीक्षा तालिका मितिमा त्रुटि भेटिएको हो ।

चार वर्षे मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित परीक्षा चैत २८ देखि वैशाख १४ गतेसम्म हुनेछ ।


जसमा बीबीएस दोस्रो वर्षको परीक्षा तालिका चैत ३१ गतेका लागि तोकिएको छ । जुन गलत हो । किनभने यस २०८० सालको चैत महिना ३० गतेसम्मको मिति रहेको छ ।

यस प्रकारको त्रुटिले परीक्षा दिन आउने विद्यार्थीमा विश्वविद्यालयप्रतिको नकारात्मक असर हुने र विश्वास घट्ने देखिन्छ । यस्तो गम्भीर त्रुटि हुनुमा नयाँ उपकुलपति र विश्वविद्यालयको व्यवस्थापनको पूर्ण रूपमा गैरजिम्मेवारीपना देखिएको छ । 

हेर्नुहोस् तालिका:

 


Author

थप समाचार
x