स्थानीय तह निर्वाचन २०७९

मकवानपुरमा एक 'नो भोट'

इकागज |
जेठ ३, २०७९ मंगलबार १९:२१ बजे

मकवानपुर - मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ मा एक मतदाताले मतपत्रमा 'नो भोट' लेखेर पेटिकामा हालेको पाइएको छ । मकवानपुरको हेटौँडा-४ को मतगणना भैरहेको समयमा एक मतदाताले मतपत्रमा क्रस चिन्ह लगाएर ‘नो भोट’ लेखेको पाइएको हो ।

उक्त वडाको १ हजार ५ सय मतगणना हुँदा ‘नो भोट’ लेखिएको मतपत्र पाईएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । पछिल्लो समयमा ‘नो भोट’को माग बढिरहेको अवस्थामा हेटौँडामा भेटिएको उक्त मतपत्रले आगामी निर्वाचनमा ‘नो भोट्स राईड्स’बारे सोच्न बाध्य बनाएको मतगणनामा सहभागी प्रतिनिधिहरूको भनाइ छ ।


सर्वोच्च अदालतले नो भोट लागू गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको भए पनि यो कार्यान्वयनमा छैन । जनतामा माग भए अनुसारको नो भोट व्यवस्था कार्यान्वयन नभएको भए पनि मकवानपुरमा यस्तो संकेत गरिएको हो । 


Author

थप समाचार
x