स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा अग्रता बढाउँदै रेनु, विजयभन्दा ७ हजार ४६५ मतले अगाडि

इकागज |
जेठ ८, २०७९ आइतबार ८:२१ बजे

काठमाडौँ - भरतपुर महानगरमा नेकपा माओवादीका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ८९ हजार ७७५ मत गणना हुँदा रेनुले ३५ हजार २३० मत प्राप्त गरेकी छन् ।

उनलाई एमालेका विजय सुवेदीले २७ हजार ७६५ मत प्राप्त गरेर पछ्याइरहेका छन् । रेनु विजयभन्दा ७ हजार ४६५ मतले अगाडि छन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेल (भुईकटहर)ले ११ हजार ८५२ मत पाएका छन् । 


उपमेयरमा चित्रसेन अधिकारी (रुख)ले ३७ हजार ४३६ मत पाउँदा हिमला गुरुङ(हलो)ले २१ हजार ९५५ मत पाएकी छन् । 


Author

थप समाचार
x