स्थानीय तह निर्वाचन २०७९

धनगढीमा ‘आँप’कै वर्चस्व, रुखभन्दा १७४४ मतले अगाडि

इकागज |
जेठ २, २०७९ सोमबार १४:१५ बजे

काठमाडौं– धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आफ्नो अग्रता कायमै राखेका छन् । ८ हजार ७ सय मत गणना हुँदा हमालले ३ हजार ८ सय २९ मत पाएका छन् ।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५, नेकपा एमालेका रणबहादुर चन्दले ९३७ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ७६५, एमालेकी कन्दकला रानाले १ हजार ५४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १२२ मत पाएका छन्।


सुदूरपश्चिम प्रदेशको एम मात्र उपमहानगर धनगढीको मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्न मतदान भएको हो ।
 


Author

थप समाचार
x