ऊर्जा

नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली

इकागज |
माघ १४, २०८० आइतबार १०:५ बजे

फाइल तस्बिर

काठमाडौं - नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ ।

डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस वडा नं. ९ मा पर्छ । भुगोलको हिसाबले खोलापारी रहेको भूभाग काठमाडौं हो । काठमाडौंको भूभाग बीचमा रहेको झण्डै ४० घरधुरी रहेको डाडाँगाउँ मात्रै नुवाकोट हो ।


लामो समयदेखि नुवाकोटबाट बिजुली पुर्याएपनि भूभागका हिसाबले समस्या हुँदै आएको थियो । ४० घरधुरीलाई नुवाकोटबाट थ्रि फेज लाईन पुर्याउन मुस्किल भइरहेको थियो । घरायसी प्रयोजनको लागि लाइन तानेर डाडाँगाउँ पुर्याएपनि लोड पर्ने खालको लागि बत्ति नपुगेपछि डाडाँगाउँले हरेक निर्वाचनमा यसलाई मुख्य विषय बनाउँदै आएको थियो ।

गएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नुवाकोट क्षेत्र नं. १ प्रदेश सभा २ बाट उम्मेद्वार रहेका पूर्णलाल श्रेष्ठले आफ्नो पहलमा डाडाँगाउँमा काठमाडौंको बिजुली पुर्याएका हुन् । गाउँका केही व्यक्तिहरूसँग निरन्तर छलफल गरि नेता श्रेष्ठ आफै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भई निवेदन दिएपछि लगातारको अन्तरसंवाद र ताकेता पछि डाडाँगाउँमा पोलको काम सुरु भएको थियो । विद्युत प्राधिकरणले डाडाँगाउँको लागि छुट्टै ट्रान्सफर्मर जडान गरेको छ ।

अहिले डाडाँगाउँबासीको घर–घरमा काठमाडौंको बिजुली बल्न थालेको छ । गाउँका काठमाडौंको ३ फेज लाइनसहितको बिजुली आइपुगेपछि स्थानीयले नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य पूर्णलाल श्रेष्ठलाई गाउँमै बोलाएर धन्यवाद ज्ञापन गरेको हो । यही क्रममा श्रेष्ठले आफूले गठबन्धनका कारण निर्वाचनमा हार व्यहोर्नु परेपनि निरन्तर जनताको साथमा रहेर काम गरिरहेको बताए । यस अघि ककनी ४ मा रहेको विद्यालयमा जापानीज संस्थाको सहकार्यमा विभिन्न कक्षाहरू संचालन समेत आफ्नै पहलमा गरेको श्रेष्ठले बताए ।


Author

थप समाचार
x