राजनीति

बझाङको पछिल्लो मत अपडेट : कांग्रेसका सिंहले ७८४० मत पाउँदा एमालेका भण्डारीले कति पाए ?

इकागज |
बैशाख १७, २०८१ सोमबार ७:३१ बजे

काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुवाती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएकोमा सोमबार बिहानदेखि कांग्रेसले अग्रता लिएको हो

कांग्रेसका अभिषेक सिंहले ७८४० मत पाउँदा एमालेका दमनबहादुर भण्डारीले ७५५७ मतसहित  पाएका छन् । 


त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले २९३५ मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २१५१ मत पाएका छन् । हाल मत गणना जारी छ ।


Author

थप समाचार
x