वातावरण

भुकम्पको केन्द्रबिन्दु धादिङको खरी

इकागज |
कात्तिक ५, २०८० आइतबार ८:९ बजे

काठमाडौँ- आज बिहान देशका विभिन्न स्थानमा भुकम्पको धक्का महसुस भएको छ । काठमाडौँ उपत्यकमा पनि भुकम्पको धक्का केहीबेर महसुस गरिएको थियो ।

प्रारम्भिक तथ्याँक अनुसार भुकम्पको केन्द्रबिन्दु धादिङ जिल्लाको खरी  गाउँ रहेको छ । 


आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

काठमाडौँ उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । 

 

नोटः यसअघि धादिङ हुनुपर्नेमा गोरखा भएकोमा सच्याइएको छ । 


Author

थप समाचार
x