अर्थ / बाणिज्य

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित

इकागज |
साउन १६, २०७९ सोमबार १३:१४ बजे

फाइल फोटो

काठमाडौँ- पेट्रोलियम ढुवानी  व्यवसायी महासंघ र नेपाल आयाल निगमबीच सहमति भएको छ।  महासंघले ढुवानी भाडा वृद्धिको माग राख्दै आजदेखि हवाई इन्धन ढुवानी गर्ने ट्यांकरहरूले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नलिने र लोड नगर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए।

हाललाई निगम र व्यवसायीबीच सहमति भएको र सात दिनका लागि आन्दोलन स्थगित गरिएको महासंघले जनाएको छ। महासंघका महासचिव विश्व अर्यालका अनुसार निगमले व्यवसायीको मागका लागि ७ दिनको समय मा गरेपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए।


महासंघले नेपाल आयल निगम समक्ष पटक/पटक डिजेल बाहेक अन्य संचालन खर्च वृद्धिको अनुपातमा ढुवानी भाडा वृद्धिको माग गर्दै आएको र विभिन्न अध्ययन समितीले प्रतिवेदन पेश गरि संचालक समिति समक्ष समेत पेश भइसकेर पनि हालसम्म ढुवानी भाडा समायोजन हुन नसकेको भन्दै ढुवानी भाडा ०७९/०४/१५ सम्ममा समायोजन नगरे आन्दोलन गर्ने चेतावनी दिएको थियो । यस्तै आयाल निगम प्रवक्ता विनीतमणि उपाध्यायले हाललाई निगम र व्यवसायीबीच सहमति भएको र व्यवसायीहरू आन्दोलन स्थगित गर्न सहमत भएको जानकारी दिए। 


Author

थप समाचार
x