अर्थ / बाणिज्य

एन्टर्क ओनर्स ग्रुपको बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न

इकागज |
साउन १५, २०८० सोमबार १३:५६ बजे

काठमाडौँ – जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । 

साउन ६ गते शनिबार आयोजना भएको उक्त राइड टिभिएसको बुटवल शोरूम (बालाजी  अटोमोबाइल्स) बाट शुरु भएर वनबाटिका, बुटवल पुगेर समापन भएको थियो । 


उक्त राइडमा सहभागीहरू बीच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ४० जना राइडरहरू सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । 

साथै, उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।


Author

थप समाचार
x