अर्थ / बाणिज्य

इलेक्ट्रिक गाडी ओरा ०३ ईभी मा ८० प्रतिशतसम्म कर्जा सुविधा

इकागज |
साउन १८, २०८० बिहीबार १३:३२ बजे

काठमाडौँ– भि.जि. ईम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारीसाधनहरूको  आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग जि.डब्लु. एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी को लागि वित्तीय (फाइनान्सिङ) सम्झौता गरेको छ । 

उक्त सम्झौतामा आज भि.जि.ईम्पेक्स –जि.डब्लु.एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेनु प्रसाद पाण्डेले जि.डब्लु. एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभीलाई ग्राहकहरूका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् ।


जि.डब्लु.एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरीद गर्न चाहने ग्राहकहरूलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर, र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।

प्रभु बैंकले १२ दशमलव शुन्य छ प्रतिशत ब्याजदर सहित अटो कर्जा प्रदान गर्नेछ र बैंकले आफ्नो निर्णयको आधारमा ब्याज दर समायोजन गर्न सक्नेछ । अटो लोन फाइनान्सिङको लागि, बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने छ साथै यसको नियमित अधिकतम कर्जा अवधि पाँच वर्ष हो, तर विशेष अवस्थामा, यो सात वर्षसम्म बढाउन सकिन्छ । थप रूपमा, शून्य दशमलव  ७५ प्रतिशतको प्रशासन शुल्क बैंकद्वारा चार्ज हुनेछ ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् । 

जि.डब्लु.एमको बारेमा

जि.डब्लु.एम नेपालले हाभल एच ६, हाभल जोलायन, पावर, विङ्गल५ जस्ता विश्वव्यापी मोडेलहरूका साथ नेपालमा आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल भएको छ । अर्को पुस्ताको अत्याधुनिक अटोमोटिभ प्रोत्साहन गर्न प्रतिबद्ध, जि.डब्लु.एम नेपालले ग्रेट वाल मोटर्सबाट फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू प्रस्तुत गरिरहेकोे छ ।

नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ताको रूपमा, भि.जि. इम्पेक्सले जि.डब्लु.एमको विश्वव्यापी लाईन–अपहरू सफलतापूर्वक बजारमा ल्याएको छ र नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउँदै बिक्री र बिक्रीपछिका उत्कृष्ट सेवाहरूमा निरन्तरता दिँदै आएको छ ।

भर्खरै जि.डब्लु.एम नेपालले ईलेक्ट्रिक सवारी साधान अन्तर्गत ओरा ०३ प्रस्तुत नेपाली बजारमा सार्वजनिक गरेको छ । अहिले उपलब्ध टेष्ट ड्राइभहरू मार्फत रेट्रो आधुनिक शैली, उच्चस्तरीय सुरक्षा मापदण्डहरू, आरामदायी सुविधाहरू, र अभूतपूर्व प्रविधि मिश्रित आकर्षणको अनुभव गर्नुहोस् ।

 


Author

थप समाचार
x