अर्थ / बाणिज्य

शाओमीले रोमाञ्चक अफरहरूका साथ ल्यायो ‘ स्योर-सट सेप्टेम्बर मेला’

इकागज |
भदौ १७, २०८० आइतबार १३:३६ बजे

काठमाडौँ– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुने गरी  ‘ स्योर-सट सेप्टेम्बर मेला’ लिएर  आएको छ । 

यस अफर अन्तर्गत, ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउनेछन् । 
 
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘ हामी हाम्रा ग्राहकहरूले यस सेप्टेम्बरमा शाओमीको ’स्योर-सट सेप्टेम्बर मेला’ मार्फत प्राविधिक आनन्दको अनुभव गर्नुहोस् भन्ने चाहन्छौं ।’


ग्राहकहरूको निरन्तर सहयोगले उहाँहरूलाई केही प्रदान गर्न उप्रेरित गरेको हुनाले उक्त रोमाञ्चक अफरहरू ल्याएको उनले बताए । 

अफरहरूले ग्राहकहरूको खरिदमा मूल्य थप्ने मात्रै नभएर समग्र शाओमी अनुभवलाई निखार्ने कम्पनीको विश्वास छ । 

यो अफर अन्तर्गत रेडमी ए२ र ए२+  को हरेक खरिदमा ग्राहकहरूले रेडमी इयरफोन निःशुल्क पाउनेछन्। त्यसैगरी हरेक रेड्मी १२सि को खरिद गर्ने ग्राहकहरूले निःशुल्क रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन् । दुवै अफरहरू सेप्टेम्बर १  मा सुरु भएर  सेप्टेम्बर १५  मा समाप्त हुनेछन् । 

यो अफर रेडमीका नेपालभरका रिटेल आउटलेटहरूमा उपलब्ध छ। थप जानकारीको लागि आफ्नो नजिकको शाओमी रिटेल आउटलेटमा जान सक्नुहुने छ वा https://www.mi.com/np मा लग इन गर्नुहोस् ।


 


Author

थप समाचार
x