अर्थ / बाणिज्य

केटिएम एक्स्चेञ्ज क्याम्पमा बाईक रिभ्याम्प अफर

इकागज |
भदौ १७, २०८० आइतबार १४:१५ बजे

काठमाडौँ – यही सेप्टेम्बर ३ देखि ८ सम्म हुन गईरहेको केटिएम एक्स्चेञ्ज क्याम्पमा मोटरसाईकल पारखीहरूका लागि बाइक रिभ्याम्पको अफर घोषणा हुन गईरहेको छ । 

काठमाडौँको नक्साल शोरुममा हुन गईरहेको उक्त इभेन्टमा कुनै पनि ब्रान्डको पुरानो स्कुटर वा बाईकलाई नयाँ बाईकसँग साट्ने सुविधा प्रदान गरिने बताइएको छ ।


उक्त क्याम्पमा थुप्रै आकर्षक प्रोत्साहनहरू प्रदान गर्दै मोटरसाइकलका पारखीहरूका उत्साहमा नयाँ उर्जा थपिनेछ ।

यहाँ पुरानो बाईकको मूल्यांकन पाईराखेको भन्दा थप  १५ हजार रुपैयाँ अतिरिक्त प्रदान गरिनेछ । 

नयाँ बाईक किन्नेका लागि पनि जम्मा ५० प्रतिशत डाउनपेमेण्ट गरी केवल ९९.९ प्रतिशत मात्र ब्याज तिरी यो स्टाईलिश बाईकलाई आफ्नो बनाउन सकिने सुविधा उपलब्ध छ । 

यहाँ नगदमै बाईक किन्न चाहनेका लागि दश हजार छुट अनि फाईनान्स सुविधा लिनेका लागि समेत पाँच हजार छुटको व्यवस्था मिलाइएको छ । 


 


Author

थप समाचार
x