अर्थ / बाणिज्य

होन्डा नेपालले ल्यायो नयाँ होन्डा एलिभेट

इकागज |
भदौ २५, २०८० सोमबार १२:२३ बजे

काठमाडौँ – होन्डा नेपालले हालै नयाँ  एलिभेट गाडी नेपाली बजारमा ल्याएको छ ।

अत्याधुनिक ५ सिट क्षमताको यस एसयूभीले आधुनिक स्टाइल र  उत्कृष्ट पर्फमेन्स दिने कम्पनीले जनाएकाे छ ।


‘होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरियरले यात्रुहरुलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्याधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

२२० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै एलिभेटको इन्जिनले १२१ पीएसको प्रभावशाली पावर आउटपुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले देशभरका होन्डा डिलरसिपहरूमा गाडी उपलब्ध भएकाे जानकारी दिएकाे छ । यसमा एमटी भेरियन्टको मूल्य ५६ लाख ३५ हजार रुपैयाँबाट सुरु हुन्छ भने सीभीटी भेरियन्टको ६५ लाख ७० हजार रुपैयाँदेखि सुरु हुन्छ ।


Author

थप समाचार
x