अर्थ / बाणिज्य

सिट्रोनको शोरुम अब पोखरा र चितवनमा

इकागज |
असोज १५, २०८० सोमबार १५:५८ बजे

काठमाडौँ– नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पोखरा र चितवनमा नयाँ शोरुम विस्तार गरेको छ ।

पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम  एसएसएल मोटर्स कम्पनी रहेको छ भने चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ शोरुम ओजोन मोटर्स कम्पनी रहेको छ । यीे नयाँ शोरुमहरुमा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागी रहेका छन् ।


यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच पोखरामा शोरुमको उद्‍घाटन गरे ।

त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच चितवनमा शोरुमको उद्घाटन गरे ।

सन् १९१९ मा आन्द्रे गुस्तावेद्वारा स्थापित फ्रान्सेली सवारी साधनको अग्रगामी सिट्रोनले इनोभेशन र साहसलाई परिभाषित गर्दछ । पहुँचयोग्य इनोभेशन गरिरहने आफ्नो प्रतिबद्धताका लागि परिचित सिट्रोन कम्पनि सन् १९१९ मा टाईप ए १० एचपीबाट सुरु भई सन् १९२७ सम्म वार्षिक ५०,०००  भन्दा बढी सवारी साधनहरू उत्पादन गर्दै विश्वको चौथो–ठूला सवारी उत्पादक बनेको कम्पनीले जनाएको छ ।

फ्रान्सेली संस्कृति र सवारी साधनको इतिहास, दुवैमा दृढतापूर्वक जरा गाडेर एक शताब्दीभन्दा बढी सम्पदा र ३०० प्रतिष्ठित मोडेलहरूको साथ, सिट्रोन इनोभेशन र कनेक्शनको  प्रतीक बनेको कम्पनीको भनाई छ ।

सिट्रोन ईसिथ्रिमा २९.२ केडबल्युएच ब्याट्री छ, ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कको साथ प्रभावशालि प्रदर्शन प्रदान गर्ने साथै विद्युतीय पावरट्रेनले सरल एक्सिलरेशन र रमाईलो ड्राइभिङको अविस्मरणीय अनुभव दिने कम्पनीले जनाएको छ ।

एरोडाईनामिक्स मार्फत शैली र दक्षता दुवैमा थप सुधार ल्याउँदै भविष्यात्मक सुन्दरताले चिनिने सिट्रोनको डिजाइनले इनोभेशन र एस्थेटिक्सप्रति यस ब्रान्डको  प्रतिबद्धतालाई प्रदर्शन गर्ने कम्पनीले जारी गरेको विज्ञप्‍तिमा उल्लेख छ ।

सिट्रोन ईसिथ्रिको एमिशन–फ्री सञ्चालनले वातावरण राख्नमा योगदान पुर्याउँछ, जसले ग्राहकहरूलाई प्रदर्शनमा कुनै सम्झौता नगरी इको–फ्रेन्ड्ली मोबिलिटीलाई अँगाल्न मद्दत गर्छ ।

मूल्यको सन्दर्भमा, लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख रुपैयाँ र फील भेरियन्टको मूल्य ३४.९९ लाख रुपैयाँ छ, जसले गर्दा सिट्रोन भारतमा बनेको कम्प्याक्ट यसयूभी सेग्मेंटमा सबैभन्दा कम मूल्यको ईभि बनेको कम्पनीले जनाएको छ ।

यस सिट्रोन ईभिको ब्याट्रीको आयु डीसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको  दाबी छ । कम्पनीले यो कारमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको  वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा पाँच वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै  सिट्रोनले  आफ्नो  आइस ९इन्टरनल कम्बस्चन इन्जिन०  मोडेल  पनि उपलब्ध  गराएको  छ। फिल विथ भाइब प्याकेजसहित ३६.४९ लाख रुपैयाँमा पाईने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको कम्पनीले जनाएको छ ।

सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क कम्प्रीहेन्सिब  इन्सुरेन्स लगायतका असाधारण लाभहरूको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।
 


Author

थप समाचार
x