अर्थ / बाणिज्य

नाडामा प्रि‍ बूक गरिएका सिट्रोनका गाडीहरू ग्राहकले दशैँअघि पाउने, शुरु भयो डेलिभरी

इकागज |
असोज १८, २०८० बिहीबार १३:१६ बजे

काठमाडौँ – नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकलाई दशैँअघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ ।

हालै सम्पन्न भएको नाडा अटो शोमा प्रायः ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतीय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए ।


सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध ईभी हो । आफ्ना ग्राहकहरूको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दशैँ अगावै गाडीहरूको डेलिभरी प्रक्रिया सुरु गरेको कम्पनीले जनाएको छ ।​

सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले भने, ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरूले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ । जति पनि गाडीहरू नाडा अटो शोमा बूक भएका थिए तिनीहरू सबै दशैं अगाडि नै उहाँहरूको हातमा पुर्याइसक्ने उद्देश्यले हामीले यी गाडीहरूको डेलिभरी पनि सुरु गरिसकेका छौँ ।’

 


Author

थप समाचार
x