अर्थ / बाणिज्य

हुन्डाई कोना : नेपालको सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडी

चार वर्षको प्रयोगमा ९५ प्रतिशत भन्दा बढी ब्याट्री हेल्थ

इकागज |
असोज २९, २०८० सोमबार ११:४० बजे

काठमाडाैँ– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले आफनो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ ।

नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयूभीमा सम्भवतः पहिलो गाडी हुन्डाई कोना हो । सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएका छन् ।


२०१९ मा भारतबाट सुरु गरिएको इमिशन इम्पोसिबलु नामक मिसन अन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी  ७०० किलोमिटर को यात्रा १७००० फिटको उचाई र ९१२ डिग्रीको कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविर सम्म पुगेर  गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो । 

यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो। नेपालमा सन् २०१९ मा पहिलो पटक लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा  उपलब्ध छ।

आफ्नो  आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ।

पाँच वर्ष सम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको छ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ ।


Author

थप समाचार
x