अर्थ / बाणिज्य

मूल्यको २० प्रतिशत डाउनपेमेण्टमै 'नेटा भी' उपलब्ध

इकागज |
कात्तिक १, २०८० बुधबार १२:३८ बजे

काठमाडाैँ – नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरू २० प्रतिशतको डाउनपेमेण्टमा सहजरूपमै कर्जामा उपलब्ध हुने भएको छ।

गाडी किन्दा ग्राहकहरूलाई छिटोछरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


नेपालभरका प्रभु बैंक, कामना सेवा बैंक, एनएमबि बैंक र नबिल बैंकबाट सहज कर्जा उपलब्ध हुने कम्पनीले जनाएको छ।यो योजना सीजी मोटर्सका सम्पूर्ण आधिकारिक बिक्रेताबाट नेपालभरी लागु हुने भएकोले उपरोक्त सुविधा देशभर सबै शोरुम बाट ग्राहकहरूले लिन सक्नेछन्। 

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो। जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ। जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ।

करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फुल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ। प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधासमेत पाउने छन्।

साथै हाल नेटा भीमा डिक्की फुल अफरसम्बन्धी ग्राहक लक्षित योजना पनि चलिरहेको छ। जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरू उपहारको रुपमा ग्राहकहरूलाई दिइएको छ।


Author

थप समाचार
x