अर्थ / बाणिज्य

जगदम्बा मोटर्सद्वारा महाएक्सचेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी

काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म चल्ने

इकागज |
कात्तिक २१, २०८० मंगलबार १४:२० बजे

काठमाडाैँ– नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महाएक्सचेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी गरेको छ ।

महाएक्सचेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौँको भृकुटीमण्डपमा कार्तिक २१ गतेदेखि २५ गते अर्थात् पाँच दिनसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।


महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफ आइ सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ ।

सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महाउत्सवका रूपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो ।

महाएक्सचेन्ज महोत्सव उमंगै उमंगको महोत्सवमा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटरको एक्सचेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरू हात पार्न सक्नेछन् । 

उपभोक्ताले मेला मार्फत आफ्ना पुरानो बाइक वा स्कुटरको एक्स्चेन्ज गर्दा ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज भ्यालु एडिशन, नकिन्दा एक लाख र किन्दा पाँच लाखसम्मको क्यासडिस्काउन्ट र साथै बम्पर उपहारमा  १० लाख रुपैयाँ नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन् । 

साथै २५ प्रतिशतसम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाइक कभर र ब्यागलगायत फ्रि एक्सेसरिजको सुविधा पनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यी लगायत सम्पूर्ण सुविधाका साथै शून्य प्रतिशत ब्याजदरमा नयाँ बाइक खरिद गर्ने अफरपनि महोत्सवमा उपलब्ध हुनेछ ।

महाएक्सचेन्ज मेला, उमंगै उमंगको नयाँ सवारी सार्वजनिक साथै आकर्षक एक्सचेन्ज अफरका साथै उपहारहरूको पनि व्यवस्था गरेको छ । मोटरसाइकलका पारखीहरूले यो अवसर छुटाउन नहुने कम्पनीको भनाइ छ । 

 


Author

थप समाचार
x