अर्थ / बाणिज्य

अल न्यू २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १६:४८ बजे

काठमाडौँ– अल न्यू २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको छ ।

टीभीएस मोटर कम्पनीले नेपाली बजारमा सर्वाधिक शक्तिशाली फ्युल ईन्जेक्टेड १५९.७ सीसी ईन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्टकनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको छ ।


नेपाली बजारमा सार्वजनिक यस नयाँ संस्करणमा हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखि राइड मोड्सका साथै रेस ईनेबल्ड कनेक्टिभिटीका लागि टीभीएस स्मार्टएक्सकनेक्टको सुविधा समेत उपलब्ध गरिएको छ ।

टीभीएस आपाचे आरटीआर नेपाली बजारमै सर्वाधिक सफल मोटरसाइकल ब्रान्डका रूपमा रहेको छ ।

नयाँ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले टीभीएसको परिधिभन्दा माथि उठेर आफ्ना उपभोक्तालाई तिनका आवश्यकता अनुसार रेसिङ परफरमेन्स सुविधा सहित विशेषतः दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने जागिरे वर्गलाई ध्यानमा राखि नवीन उत्पादन उपलब्ध गराउने प्रतिबद्धता प्रदर्शन गरेको छ ।

बजारमा उपलब्ध श्रेणीकै सर्वाधिक शक्तिशाली मोटरसाइकलका रुपमा टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले ट्राफिक तथा हाइवेको यात्रामा समेत स्मूथ र आरामदायी यात्राको सुनिश्चितता दिने कम्पनीले जनाएको छ ।

सार्वजनिक नयाँ मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआइका बारेमा बोल्दै टीभीएस मोटर कम्पनीका कन्टिनेन्ट हेड, एम जे ठङगाराजनले भने, 'नेपाल हाम्रा लागि एक प्रमुख बजारका रुपमा रहेको छ । हामीले विशेष प्राथमिकताका साथ दुई तथा तीन पाङ्ग्रेका रेञ्जहरू मार्फत उपभोक्तालाई निरन्तर खुशी प्रदान गर्दै आइरहेका छौँ । २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गर्दै नेपाली राइडर्सका लागि वर्ल्ड क्लास अफरिङ प्रदान गर्ने हाम्रो उद्देश्यमा थप एक नयाँ पाइला हो । परफरमेन्स मोटरसाइकलका पारखी नेपाली उपभोक्तालाई नयाँ मोटरसाइकलले थप सन्तुष्टि प्रदान गर्दै कम्पनी प्रतिको माया तथा विश्वास बढाउन सघाउनेमा हामी विश्वस्त छौँ ।’

टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई मोटरसाइकल आकर्षक रेस ग्राफिक्सका साथै नयाँ हेडल्याम्प्सका साथमा उपलब्ध गरिएका छन् ।

मोटरसाइकलमा ईन्जिनको जीवन अवधिभर हरेक ड्राइभिङ अवस्थामा रमाइलो यात्राको सुनिश्चितताका लागि रेस ट्युन्ड फ्य्ल ईन्जेक्शन आरटीएफआई प्रविधि जडान गरिएको छ । टीभीएस आपाचे सिरिजमा नयाँ क्रान्तिले समान शक्ति सञ्चारका साथै इन्धन मितव्ययिता प्रदान गर्ने क्षमता राख्छ ।

त्यसै गरी सुदृढ इन्जिनले लामो आयुका साथै उत्सर्जन नियन्त्रण क्षमतापनि उपलब्ध गराउँछ । नयाँ मोटरसाइकलमा ब्युल्टइन फस्र्ट ईन सेग्मेन्ट जीटीटी प्रविधि, ग्लाइड थ्रो ट्राफिक जडान गरिएको छ । यसले भिड सहितको सडकमा कम गतिको राइडमा अत्यधिक स्मूथ,आरामदायी र नियन्त्तण सहितको राइड प्रदान गर्छ । सहरी सडकमा बढ्दो चापका कारण यो फिचर नेपाली उपभोक्ता माझ सान्दर्भिक हुनका साथै निकै लोकप्रिय हुने कम्पनीले जनाएको छ।

साथै नयाँ मोटरसाइकलमा फेदर टप स्टार्ट, वेभ बाइट ईग्निशन कि र नयाँ एयरोडायनामिक क्ल मिरर्स लगायत रोमाञ्चक फिचर्सपनि उपलब्ध रहेका छन् । त्यसैगरी, नयाँ मोटरसाइकलमा थप हल्का तर सुदृढ कार्य क्षमता सहितको बुलपप् एक्जस्टपनि जडान गरिएको छ ।

यसमा जडिट अत्याधुनिक फ्युल ईन्जेक्शन प्रणाली मार्फत बाइकलले १७ दशमलव ५५ पीएसको शक्ति र १४ दशमलव ७३ एमएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्छ ।

श्रेणीमै पहिलो पटक उपलब्ध गरिएको थ्री राइड मोड (अर्बन, रेन र स्पोर्ट्स मोड) मार्फत राइडरले मौसमको अवस्था र बाटो हेरि अनुकूल इन्जिन परफरमेन्स तथा एबीएस प्रतिक्रियाको छनोट गर्न सक्छन् ।

आरटीआर ओभरस्क्वायर ईन्जिनद्वारा सन्चारित टीभीएस आपाचे आरटीआर फाइभ स्पिड गियरबक्सका साथमा जडित १६० फोरभी एफआई फ्य्ल ईन्जेक्टेड १५९.७ सीसी सिंगल सिलिन्डर फोर भल्भ एसओएचसी आयल कुल्ड मोटरले १७.५५ पीएसको अधिकतम शक्ति ९ हजार २ सय ५० आरपीएममा र १४.७३ एनएम पिक टर्क, ७ हजार २ सय ५० आरपीएममा उत्पादन गर्ने कम्पनीले जनाएको छ ।


 


Author

थप समाचार
x