अर्थ / बाणिज्य

घट्याे सुन-चाँदीको भाउ, खरिदबिक्री मूल्य कति छ ?

इकागज |
फागुन १०, २०८० बिहीबार १२:५ बजे

फाइल फोटो

काठमाडौं - नेपाली बजारमा बिहीबार सुन–चाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । 


यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । 

यसअघि बुधबार छापावाल सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको थियो । 

यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा झरेको छ । बुधबार चाँदीको भाउ तोलाको १४ सय १५ रुपैयाँ रहेको थियो । 


Author

थप समाचार
x