अर्थ / बाणिज्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

इकागज |
चैत ६, २०८० मंगलबार ९:३ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४  रुपैयाँ ९८ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा र बिक्रीदर ८ रूपैयाँ ९२ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १८ रूपैयाँ ४७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४ पैसा र बिक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७१ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ६६ पैसा रहेको छ ।


Author

थप समाचार
x