अर्थ / बाणिज्य

खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो

इकागज |
असार २२, २०७८ मंगलबार २०:५३ बजे

काठमाडौँ : खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । आयल निगमले ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको हो । अब ग्यासको नयाँ मूल्य एक हजार चार सय २५ रुपैयाँ भएको छ । 

त्यस्तै निगमले राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोल तथा डिजेल / मट्टितेलको साबिकको बिक्रि मूल्यमा दुई रुपैयाँ बढाएको छ । निगमले हवाई इन्धन (आन्तरिक उडान) मा प्रति लिटर दुई रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानमा प्रति किलो लिटर अमेरिकी डलर १९ ले वृद्धि गरेको जनाएको छ । 



Author

थप समाचार
x