अर्थ / बाणिज्य

नेपाल-भारत उद्योग वाणिज्य संघ प्रदेश-१ मा बोहरा

इकागज |
भदौ १२, २०७८ शनिबार १६:४३ बजे

विराटनगर – नेपाल भारत उद्योग बाणिज्य संघ प्रदेश–१ को अध्यक्षमा अविनाश बोहरा निर्वाचित भएका छन् । शनिबार विराटनगरमा भएको संघको तेस्रो बार्षिक साधारणसभाले अध्यक्षमा बोहरासहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित बोहरा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत हुन् ।

संघको प्रथम उपाध्यक्षमा मुकेश उपाध्याय ‘भट्टराई’, द्वितीय उपाध्यक्षमा श्याम पौडेल, महासचिवमा रमेशकुमार राठी र कोषाध्यक्षमा विकास चौधरी चयन भएका छन् । सदस्यहरुमा बेनीगोपाल मुन्दडा, यादव पोखरेल, विजयकुमार डाल्मिया“, गायत्री भण्डारी, सन्तोषकुमार चौधरी, श्रवणकुमार अग्रवाल चयन भएका छन् ।साधारणसभाबाट सोम अधिकारी, विनोद बस्नेत, महेश पौडेल र रविन दाहाल सदस्यमा मनोनित भएका छन् । 


अध्यक्षमा निर्वाचित बोहराले भारतस“गको बढ्दो व्यापार घाटा न्यूनिकरणका लागि पहल गर्ने बताए । उनले नेपाली उत्पादनको निर्यात विस्तारै बढ्न थाले पनि त्यसलाई प्रतिष्पर्धी रूपमा अघि बढाउन बाणिज्य तथा व्यापार क्षेत्रको समस्या पहिचान गर्ने र दुई पक्षीय रूपमा भन्सार सहजीकरण गरिने प्रतिबद्धता जनाए । 
 


Author

थप समाचार
x