अर्थ / बाणिज्य

विराटनगरमा टेलिकमको 'एनटीटिभी' सेवा सुरु

इकागज |
असोज २४, २०७८ आइतबार १५:३८ बजे

काठमाडौँ- नेपाल टेलिकम विराटनगरले एनटीटिभीको सेवा सुरु गरेको छ। एउटै तारबाट टेलिफोन ईन्टरनेट तथा टेलिभिजन समेत हेर्न सकिने सुविधा शुभारम्भ गरिएको हो।

फाइबर नेटवर्कबाट गुणस्तरीय टेलिभिजन च्यानलहरु हेर्न सकिने गरि टेलिफोन र इन्टरनेटसहितको सुविधा नेपाल टेलिकमले प्रदेश १ मा नै पहिलो पटक सुरु गरेको टेलिकम विराटनगरले जनाएको छ ।


सेवा सुरु कार्यक्रमका नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले केहि समयअघि नै सेवा विस्तार गर्ने योजना रहेपनि भरपर्दो र गुणस्तरीयताका लागि आवश्यक तयारी र सफल परिक्षणपछि शुरु गरिएको बताए ।

कम्पनीले यो सेवालाई फाइबर नेटवर्क विस्तार भएका अन्य स्थानहरुमा दशैं पछाडि र तिहार अघि नै शुरु गर्ने योजना लिएको छ। यसका साथै आवश्यक पर्ने ग्राहकको सपोर्टका लागि प्राविधिक जनशक्ति समेत थप्दै लैजाने तयारी भइरहेको जनाएको टेलिकम विराटनगरले जनाएको छ।


Author

थप समाचार
x