अर्थ / बाणिज्य

ट्‍वीटरको स्पेस अब अकाउन्ट बिना सुन्न सकिने

इकागज |
कात्तिक २०, २०७८ शनिबार ११:५० बजे

काठमाडौँ-  ट्वीटरले अब बिना अकाउन्ट स्पेस सुन्न सकिने फिचर ल्याएको छ । ट्वीटर अकाउन्ट नभएका प्रयोगकर्ताले पनि अब स्पेसको कुराकानी सुन्न सकिने जनाएको छ ।

यस अगाडि भने अकाउन्ट भएकाले मात्र स्पेस सुन्न सकिने फिचर रहेको थियो । अब स्पेस सुन्नको लागि होस्टले स्पेसको लिंक अन्त सेयर गर्न सक्नेछन् र त्यसमा बिना अकाउन्ट स्पेस सुन्न सक्ने ट्वीटरले जनाएको छ । सेयर गरिएको ट्वीटर स्पेसमा बोल्न भने मिल्दैन यसको लागि लग इन गर्नुपर्ने छ ।


स्पिकर बन्नका लागि भने तपाईंलाई ट्वीटर अकाउन्ट जरुरी हुन्छ । पछिल्लो समय ट्वीटर आफ्नो अडियो ब्रोडकास्ट फिचर स्पेसमा निकै महत्त्वका साथ काम गरिरहेको छ । यसैक्रममा यो नयाँ फिचर पनि थपिएको हो ।

सुरुवाती समयमा होस्टको अप्सन रहेकोमा पछिल्लो समय को-होस्टको विकल्प पनि उपलब्ध भएको छ । हालै मात्र ट्वीटरले टिकेट स्पेसको घोषणा समेत गरेको छ । यसको माध्यमबाट स्पेस होस्ट गर्नेहरूले आफ्नो स्पेसमा सहभागी हुन चाहनेहरूलाई टिकेट बिक्री गर्न सक्नेछन् ।


Author

थप समाचार
x