अर्थ / बाणिज्य

सिटिजन लाइफ इन्स्योरेन्सकाे आइओएस एपमा थप सुविधा

इकागज |
माघ २३, २०७८ आइतबार १८:१३ बजे

काठमाडौंँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ‘डिजिटल सिटिजन’ अभियान शुरु गरेको छ । डिजिटल सुविधा अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आइओएस एप थप सुविधा सहित अपग्रेड गरी एप स्टोरमा उपलब्ध गराएको छ।

सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी दिन सकिने कम्पनीले जनाएको छ । त्यस्तै, नेपालभरी रहेका सम्पूर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका विभिन्न  जानकारी पनि लिन पाउन सकिने जनाएको छ । 


यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इच्छ्याएको बीमा योजनाको बीमा शुल्क आफ्नो आवश्यकता अनुसारको बीमाङ्क रकम र बीमाको समय अवधिअनुसार आफैं निकाल्न सक्ने सुविधा रहेको छ ।

सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न इच्छुकहरुले पनि यस एपबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी यसएपमा विभिन्न अनलाइन भुक्तानी सेवा तथा बैंकबाट  भुक्तानीको व्यवस्था रहेको छ । 


Author

थप समाचार
x