फुटबल

एसियन कप छनोट फुटबल : अलमुताइरीले गरे टिमको घोषणा, २३ भित्र को-को परे ?

इकागज |
जेठ ६, २०७९ शुक्रवार १५:५३ बजे

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कपको तेस्रो चरणको छनोटका लागि नेपाली टिमको घोषणा गरेका छन् ।

छनोट अन्तर्गत नेपाल समूह 'ए' मा आयोजक कुवेत, जोर्डन र इन्डोनेसियासँगै रहेको छ । नेपालले पहिलो खेलमा जोर्डनविरुद्ध जुन ८, दोस्रो खेलमा आयोजक कुवेतसँग जुन ११ तथा अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्ने तालिका रहेको छ ।


प्रशिक्षक अलमुताइरीले घोषणा गरेको अन्तिम टोलीमा निम्न खेलाडीहरु रहेका छन् :

गोलरक्षकः दिप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा

डिफेन्डरः विकाश खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

मिडफिल्डरः आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुनज उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आन्गदेम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी

फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ

यसैबीच प्रशिक्षक अलमुताइरीले प्रशिक्षण छाड्न दवाव दिएका भन्दै बन्द प्रशिक्षण छाडेका खेलाडीहरुलाई समावेश गरिएको छैन् ।


Author

थप समाचार
x