फुटबल

म्याराडोनालाई समर्पित हवाईजहाज अनावरण

इकागज |
जेठ १३, २०७९ शुक्रबार १४:१७ बजे

काठमाडौँ - अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनालाई समर्पित हवाईजहाज अनावरण गरिएको छ । यसै वर्षको अन्त्यतिर कतारमा हुने फिफा विश्वकपको यात्रा सुरु हुनु अघि म्याराडोनालाई समर्पित हवाईजहाज अनावरण गरिएको हो ।

ट्याङ्गो डी१०एस - अर्जेन्टिनाको फिनटेक कम्पनीद्वारा आर्थिक सहयोग गरेको १२ सिट क्षमताको विमान - २०२० मा हृदयघातका कारण निधन भएका पूर्व विश्वकप विजेतालाई श्रद्धाञ्जली दिन उडान सङ्ग्रहालयको रूपमा डिजाइन गरिएको रोयटर्सले जनाएको छ । 


विमानमा म्याराडोनाको विश्व कप ट्रफीलाई चुम्बन गरिरहेको तस्विर बनाइएको छ । विमानको पखेटामा उनले इंग्लायन्डलाई अर्जेन्टिनाले सन् १९८६ मा २-१ ले पराजिग गर्दा गरेको दुबै गोलको तस्विर राखिएको छ । म्याराडोनाका दुबै गोल महान गोलको रुपमा रहेका छन् ।
 


Author

थप समाचार
x