फुटबल

दुई नेपाली रेफ्रीले साफ च्याम्पियनसीप खेलाउने

इकागज |
असार १५, २०७९ बुधबार १५:४१ बजे

काठमाडौँ – नेपालका दुई रेफ्रीले यू-२० साफ च्याम्पियनसीप खेलाउने भएका छन् । फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा सहायक रेफ्री किशन कन्हैया यादवले भारतमा जुलाई २५ देखि अगस्ट ५ सम्म आयोजना हुने च्याम्पियनसीप खेलाउने भएका हुन् ।

साफले क्षेत्री र यादवले च्याम्पियनसी खेलाउने सुनिश्चित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।


भारतको भुवनेश्वरमा हुने च्याम्पियनसीपमा भारतसँगै नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सको सहभागिता रहने छ ।


Author

थप समाचार
x