फुटबल

च्याम्पियन्स लिगः पीएसजी र बार्सिलोना विजयी

इकागज |
असोज ३, २०८० बुधबार ९:२८ बजे

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस क्लब बार्सिलोनाले जित हात पारेका छन् ।

समूह ‘एफ’ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २-० ले पराजित गरेको हो । पीएसजीको जितमा कायलियन एमबाप्पे र अचरफ हाकिमीले एक-एक गोल गरे ।


समूह ‘एच’ अन्तर्गत बार्सिलोनाले भने बेल्जियमको एन्टवेर्पलाई ५-० ले पाखा लगायो । बार्सिलोनाको जितमा जोआओ फेलिक्सले २ गोल गर्दा रोबर्ट लेवान्डोस्की र गाभीले एक-एक गोल गरे ।

एन्टवेर्पका जेले बाटाइलेले एक आत्मघाती गोल गरे ।


Author

थप समाचार
x