फुटबल

चुम्बन विवादपछि खेल बहिस्कार गरिरहेका स्पेनिस फुटबल खेलाडी क्याम्पमा फर्किए

इकागज |
असोज ३, २०८० बुधबार १२:१८ बजे

काठमाडौँ- राष्ट्रिय फुटबल टिमको अभ्यास बहिस्कार गरिरहेका स्पेनका महिला खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा फर्किएका छन् ।

स्पेनले फिफा महिला विश्वकप फुटबलको उपाधि जितेसँगै स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुवियल्सले आफ्ना खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेको घटनापछि स्पेनका महिला खेलाडीहरुले टिममा सहभागी नहुने चेतावनी दिएका थिए ।


स्पेनले नेसन्स लिगअन्तर्गत शुक्रबार स्विडेन तथा मंगलबार स्विट्जरल्यान्डको सामना गर्ने तालिका रहेको छ ।

त्यसअघि महिला खेलाडीहरु बन्द प्रशिक्षणमा फर्किएका बीबीसीले जनाएको छ । तर उनीहरुले खेल्ने वा नखेल्ने अझै टुंगो लागेको छैन ।


Author

थप समाचार
x