फुटबल

६ वर्षपछि फर्किएको आर्सनललाई ४–० को सुरुवाती जित

इकागज |
असोज ४, २०८० बिहीबार ७:४८ बजे

काठमाडौं- पहिलो खेलबाट आर्सनलले ऐतिहासिक तथा सानदार जित निकालेको छ ।

युरोपियन च्याम्पियन्स लिगमा ६ वर्षपछि फर्किएको आर्सनलले यस सिजनको पहिलो खेलमा सानदार जित निकालेको हो ।


२०२३– २४ सिजनको पहिलो खेलमा पिएसभी आइन्डहोभनमाथि आर्सनलले ४–० को सानदार जित निकालेर रेकर्ड बनाएको अन्तर्राष्ट्रिय खेल समाचारले जनाएका छन । 

गएराति सम्पन्न समूह बी अन्तर्गत घरेलु मैदान एमिरेट्समा भएको खेलमा आर्सनल ४– ० ले विजयी भएको हो । उत्कृष्ट सुरुआत गर्ने क्रममा आर्सनलले पहिलो हाफ मा नै तीन गोल गरेको थियो ।

आर्सनलका बुकायो साकाले आठौं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए भने लियोन्ड्रो ट्रोसार्डले २०औं मिनेटमा थप अर्को गोल गरे पछि आर्सनलको अग्रता दोब्बर हुन पुगेको थियो ।

गाब्रिएल जेससले ३८औं मिनेटमा गोल गरे पछि आर्सनलले पहिलो हाफमा नै ३–०को फराकिलो अग्रता बनाउन सफल भयो ।

पहिलो हाफमा नै ३–० को अग्रता लिएको आर्सनलका कप्तान मार्टिन ओडेगार्डले ७०औं मिनेटमा थप गोल गरे पछि खेल ४–० मा टुंगियो ।   

सो जितपछि आर्सनलले ३ अंकसहित च्याम्पियन्स लिगको यात्रामा ६ बर्ष पछि शुभ सुरुवात गरेको छ ।


Author

थप समाचार
x